spot_img

आज महाशिवरात्रि,पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

spot_img

काठमाडौं, आज महाशिवरात्रि पर्व। फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने धार्मिक परम्परा अनुसार आज देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ।

सबैभन्दा बढी भीड पशुपतिनाथ मन्दिरमा देखिएको छ। बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ। छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन्।

आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धार्मिक मान्यताअनुसार यस दिन व्रत, उपवास, रातभर जाग्राम र शिवजीलाई दूध, बेलपत्र, धतुरो अर्पण गरे सुख–शान्ति र मोक्ष प्राप्त हुने विश्वास छ।

पशुपतिका चारै ढोका खुला

महाशिवरात्रिका अवसरमा बिहान २ बजेदेखिनै पशुपतिका चारै ढोका खोलिएको छ। दर्शनार्थीको सुविधाका लागि तीन बाहिरी र भित्री लाइनको व्यवस्था गरिएको छ। सवारी पार्किङ सिफल, तिलगङ्गा, गुह्येश्वरी लगायत स्थानमा मिलाइएको छ।

त्यस्तै तीन वर्षअघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन वा बेचबिखन गरेको पाइएमा कानुनी कारबाही गरिने जनाइएको छ।

उपत्यका र देशभरका शिवालयमा भीड

पशुपतिनाथसँगै गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायत उपत्यकाका शिवालयमा पनि भक्तजनको उल्लेख्य भीड लागेको छ। राजधानी बाहिरका विभिन्न शिव मन्दिरहरूमा समेत धूमधामका साथ पूजाआराधना भइरहेको छ।

महाशिवरात्रि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ। शिव पुराणलगायतका ग्रन्थमा यस पर्वलाई पवित्र रात्रिका रूपमा उल्लेख गरिएको छ। धार्मिक विश्वासअनुसार यस दिन उपवास र आराधना गरे सर्वसिद्धि प्राप्त भई यमलोक जानु नपर्ने मान्यता रहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img