spot_img

कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित

spot_img

काठमाडौं,नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रको कार्यक्रम स्थगित गरेको छ । यसअघि कांग्रेसले आज दिउँसो घोषणापत्र सार्वजनिक गर्ने उद्घोष गरेको थियो। तर शनिबार राती सूचना जारी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले निर्धारित कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्।

उनका अनुसार कांग्रेसले जनकपुरमा आयोजना हुने सभामार्फत घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।मधेस प्रदेश कार्यसमितिले फागुन ६ गते जनकपुरमा सभा आयोजना गर्ने र सोही कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिने कांग्रेसले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन — २०८२ का सन्दर्भमा नेपाली कांग्रेसद्वारा २०८२ फागुन ३ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गर्ने तय गरिएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम २०८२ फागुन ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा जनकपुरमा हुने आमसभामा सार्वजनिक गरिने भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

निर्वाचन आयोगले भने दलहरूलाई फागुन ४ गतेभित्र घोषणापत्र बुझाउन निर्देशन दिएको छ। यसपटक कांग्रेसले आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’को नाम दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img