spot_img

डोल्पामा चुनावी प्रचारप्रसार:कांग्रेस आक्रमक,एमाले तातिदै,नेकपा रक्षात्मक अरु शान्त,उम्मेदवारबिच आरोप प्रत्यारोप देखि भेगिय मुद्दाहरुको उठानसम्म

spot_img

प्रतिनिधिसभा निर्वाचन २१ फागुन लागि देशैभर चुनावी सरगमि बढेकाे छ। विभिन्न राजनीतिक दलहरू उम्मेदवारी दर्ता गरेर प्रचारकाे मैदानमा हाेमिएका छन्। यस्तै हिमाली जिल्ला डोल्पामा चुनावी सरगमि बढेकाे छ। १ सिटका लागि मनोनयन दर्ता गराएका ८ राजनीतिक दल र १ स्वतन्त्र गरि ९ जनाकाे उम्मेदवारी दर्ता भएकाे थियाे।

प्रचारप्रसार र घरदैलो अभियानमा सबैभन्दा अग्रपंतिमा आक्रमक ढंगले कांग्रेस पार्टी लागेको देखिन्छ। कांग्रेसका उम्मेदवार कर्ण बहादुर बुढाले २ वटा उम्मेदवारलाई समर्थन गराएर सकारात्मक संदेश दिएका उनले सबैभन्दा कठिन मानीएको काइके गाउँपालिकामा सुरुमै प्रचारप्रसार गरेर सबैको ध्यान तानेको कांग्रेसले तल्लो डोल्पाको मुड्केचुला,जगदुल्ला र त्रिपुरासुन्दरीसम्म आक्रमक शैलीलाई निरन्तरता दिएको छ। उमेरले बुढेसकाल लागेका उम्मेदवार कर्ण बुढा आत्मबिस्वास र जागर देखि नाचेर समेत सबैलाई चकित पारेका छन्। पार्टी प्रवेशसमेत गराउदै अहिले जिल्लामा उनको माहोल दिन प्रतिदिन बढाउदै लगेका छन्। अब उनले माथील्लो भेगको रणनीति के गर्छन् सबैले नजिकबाट हेरिरहेका छन्।

अर्को दल नेकपा एमाले पार्टी उम्मेदवार लंक राेकायाले पनि प्रचारप्रसारलाई तीव्रता दिएका छन्। मुड्केचुलामा घरदैलो अभियान सकेका बुढाले काइके देखि त्रिपुरासुन्दरीसम्म गरदैलो हेर्दा एमाले तातेको जस्तो देखिन्छ। उनी तल्लो डोल्पाको बलियो उम्मेदवार भएको बताउँदै भाइछोरा भेगिय मुद्दा उमेरले जेन जि पुस्ता युवा भएको समर्थन भएकोले भाइछोराको नाताले समर्थन गरेर भोट हाल्नुपर्ने मुद्दा बनाएर लयमा फर्कदै छन्।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले पनि चुनावी प्रचारप्रसारलाई अगाडी बढाएका छन्। उनले तल्लो डोल्पाको मुड्केचुलाबाट चुनावी अभियान सुरु गरेर जगदुल्ला हुँदै त्रिपुरासुन्दरी मै पुगेका छन्। उनी एमाले समाजवादी विभिन्न दलहुँदै नेकपा पुगेकोले र पहिलेका चुनाव गठबन्धन गरेका दलका नेता कार्यकर्तालाई घेराबन्दीमै परेका छन्। जनताले प्रश्न खुल्लम खुल्ला अब तपाइलाइ भोट किन दिने १५ वर्षसम्म के गर्नु भो ? लगायतका प्रश्नले पुराना माओवादी खेमाका कार्यकर्तालाई सम्झौदै ठिक्क छन्। 

“कांग्रेस उम्मेदवार बुढा र एमालेका उम्मेदवारको निशानामा नेकपा उम्मेदवार बुढा”
डोल्पाको चुनावमा रोचक कुरा त के छ भने कांग्रेस र नेकपाका उम्मेदवार सहोदर दाजुभाइ हुन् । ऊनीहरु मिलेर चुनाव लड्ने धेरैको आसन्का थियो तर दुबैको गतिविधिले तत्काललाई त्यो आसंकालाइ गलत साबित गरेको छ। भने दाइ कर्ण बुढाले सार्वजनिक मिडियामै जिल्लामा ब्यापार बेतिथी,भ्रष्टाचार मौलाएको र भाइले ३ पटक जितेर बिकास गर्न नसेको आरोप लगाउँदै आफू मैदानमा उत्रिएकोले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन्। उनले नेकपाका उम्मेदवार भाइलाइ चुनाव जित्छु भन्ने भ्रम छर्न खोजेको भन्दै जित्नेभए चुपचाप सुतेर बस्न र घरदैलो अनि पैसा पनि खर्च नगर्न चेतावनी दिएका छन्।

यस्तै एमालेका उम्मेदवार लंक रोकायाले पनि नेकपाका उम्मेदवार धनबहादुर बुढामाथि आक्रमक टिप्पणी सुरु गरेका छन्। उनले १५ वर्ष जिल्लाको नेतृत्व गरेर आफ्नो जन्मथलोमा काइकेमा मोटरबाटो देखि केही बिकास गर्न नसकेको जनातालाइ स्वतन्त्र रुपमा भोट हाल्न नदिएको लगायतका आरोप लगाएका छन्।

अन्य रास्वपाका उम्मेदवार काठमाडौं तिर पार्टीका नेताकार्यकर्ता भेट्न निस्केको देखिन्छ। भने स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसी घरदैलो अभियानमै लागेका छन्। पत्रकार सम्मेलन गरेर घोषणा पत्र पनि सबैभन्दा पहिले सार्वजनिक गरेर प्रचारप्रसारमा लागेका छन्। राप्रपाबाट हरिप्रसाद डाँगी चुनाव प्रचार प्रसार तथा घरदैलाे गर्न व्यस्त छन्।

अन्य केहि उम्मेदवार अन्यौलमै देखिन्छन्। कसले जित्छ त्यसका लागि चुनावी रिजल्टसम्म कुर्नै पर्ने हुन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img