spot_img

फेरि पक्राउ परे दुर्गा प्रसाईं

spot_img

काठमाडौं,मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। चुनावविरोधी गतिविधिमा लागेको, निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले गएराति उनको निवास भक्तपुरबाट पक्राउ गरेको हो।

उनलाई राति नै परिसर ल्याइएको छ। उनलाई पक्राउ गर्न निवासमा ठूलो संख्यामा प्रहरी खटिएको थियो। प्रहरीका अनुसार प्रसाईं निर्वाचन बिथोल्ने अभिव्यक्ति निरन्तर दिइरहेकाले पक्राउ गरिएको हो ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। साइबर ब्युरोका अनुसार सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए। उनीविरुद्ध साइबर अपराध, आपराधिक लाभलगायत विभिन्न मुद्दाहरू अदालतमा विचाराधीन छन्।

आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि सरकारले निगरानी बढाइएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img