झापा, झापा ५ का उम्मेदवार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्ने भएका छन् । निर्वाचन प्रचारका क्रममा झापा रहेका उनले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।
ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले आफूले जितेपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । प्रतिवद्धता पत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका कामको पृष्ठभूमि, सरकारले थालेका तर अपूरा रहेका योजनाको विस्तृत विवरण समेटिएको दाहालले बताए ।
अहिले ओली दमक केन्द्रित घरदैलो र मतदाता भेटघाट अभियानमा छन् ।