मुम्बई, आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङको निर्णय गरेका छन् ।
नेपाल र स्कटल्यान्ड दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुवै टोली जितका साथ प्रतियोगिता सकाउने लक्ष्यमा छन् । स्कटल्यान्डले इटलीलाई पराजित गरेको छ भने नेपाल अझै जितविहीन छ ।
नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । करण केसीको ठाउँमा सन्दीप जोराले खेल्दै छन् । उनले यसअघि सन् २०२४ को संस्करणमा पनि खेलेका थिए ।
नेपालको प्लेइङ ११ ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शन झा, लोकेश बम
सन्दीप जोराले दोस्रोपटक टी–२० विश्वकप खेल्दै छन् । २४ वर्षीय जोरा दाँयाहाते ब्याटर हुन् । उनले मिडल अर्डरमा खेल्ने गर्छन् ।
जोराले सन् २०१९ मा दुबईमा भएको यूएईसँगको खेलमार्फत नेपालका लागि डेब्यू गरेका थिए ।जोराले नेपालका लागि ३८ खेलमा चार अर्धशतकसहित ४८९ रन बनाएका छन् । गत संस्करणमा जोराले १ खेल खेल्दा १ रन मात्र बनाएका थिए ।