spot_img

आज देशका यी स्थानमा हल्का वर्षाको सम्भावना

spot_img

काठमाडौं, हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशका हिमाली भू–भागमा साधरणतया तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराई भू–भागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु÷कुहिरो रहने पूर्वानुमान छ।राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भू–भागमा साधरणतया, मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img