स्याङजा ः ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय नामदेउ कुमाल पक्राउ परेका छन्। चापाकोट नगरपालिका बस्ने कुमालले बाख्रा चराउन गएकी ती नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएशनिबार दिउँसो जवजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको हो । कुमाललाई करणी सम्बन्धी कसूर अन्तरगत मुद्धा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।