spot_img

दुई पक्षबीच झडपले तनाव बढेपछि रौतहटको गौरमा कफ्र्यु

spot_img

रौतहट, रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार दुई पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झडपले अवस्था तनवग्रस्त बनेपछि कफ्र्यु आदेश जारी गरेको बताए । ’हामी अवस्था नबिग्रियोस् भनेर कफ्र्यु लगाएका छौं,’ उनले भने, ’अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

प्रजिअ भुसालका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कफ्र्यु आदेश जारी भएको छ । केही समयअघि झडपको क्रममा एउटा सवारीसाधनमा आगजनी भएको थियो । त्यसपछि अवस्था तनावग्रस्त बनेको हो ।

शुक्रबार दुई समूहबीच झडप भएपछि प्रजिअ भुसालको पहलमा साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो।

शनिबार बिहान करिब ९ बजेदेखि पुन ढुंगामुढा हुन थालेपछि स्थिति तनावपूर्ण बनेको हो। झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ।

वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आसन्न निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नेलगायत ६ बुँदे प्रतिबद्धता गरिएको प्रशासनले जनाएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img