काठमाडाैँ, गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ । पछिल्लो समय रौतहट, दाङ, सुनसरीलगायत विभिन्न जिल्लामा भइरहेका धार्मिक तथा राजनीतिक घटनाक्रमलाई केन्द्रित गर्दै शनिबार मन्त्रालयमा समितिको बैठक बसेको हो ।
समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति छ ।
बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा देखिएको जातीय तथा धार्मिक तनाव, साथै निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको छ ।