काठमाडौँ, निर्वाचन आयोगका नि. प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी प्रमुख रामप्रसाद भण्डारी निर्वाचन तोकिएकै मितिमा जसरी पनि हुने बताएका छन्।कतिपय उम्मेदवार नै निर्वाचन फागुन २१ मा हुँदैन कि भन्ने आशंकामा रहेको भन्दै उनले अब कुनै आशंकामा नरहन आग्रह गरे।
आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा भण्डारीले केही कुण्ठित उदेश्य बोकेका व्यक्तिहरूले फागुन १९÷२० गते देखाइदिने जस्ता चुनौति दिए पनि त्यस्ता कुण्ठित उदेश्य पूरा नहुने बताए।
झ१९÷२० गते देखाइदिने र निर्वाचन नहुने जस्ता केही कुण्ठित उदेश्य बोकेकाहरूले भनेको सुनिन्छ। तर अब त्यस्ता कुण्ठित उदेश्य बोकेकालाई नेपाली जनताले मान्ने छैनन्’ उनले भने, ‘त्यसैले अब जसरी पनि निर्वाचन हुन्छ।’
उनले विशेष परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै निर्वाचनको विकल्प नभएको पनि बताए। अब कसैले पनि निर्वाचन बिथोल्न नसक्ने र निर्वाचन बिथोल्ने गतिविधिमा संलग्नलाई सरकारलाई हेरिरहेको उनको भनाइ छ।
निर्वाचनको सम्पूर्ण तयारी भएको भन्दै भण्डारीले निर्वाचन बिथोल्ने प्रयास नगर्न चेतावनी पनि दिए।