spot_img

चुनाव विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने

spot_img

काठमाडौँ, गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थालाई असर पु¥याउने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।

गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षता, गृहसचिव राजकुमार श्रेष्ठको सहभागिता तथा सुरक्षा निकायका प्रमुखहरु र गृह मन्त्रालयका कर्मचारीहरुको उपस्थितिमा आइतबार मन्त्रालयमा बसेको बैठकले दैनिक रुपमा शान्ति सुरक्षा, निर्वाचन तथा समसामयिक चुनौतीको विश्लेषण गरेको हो ।

विभिन्न जिल्लाहरुमा निर्वाचन बिरोधी गतिविधि गर्ने, प्रचार प्रसार कार्यमा राजनीतिक दल तथा व्यक्तिका बिरुद्ध लान्छना लगाउने, टायर बाल्ने, राँके जुलुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा अन्य हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पु¥याउने लगायतका घटनाका सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै उल्लेखित कार्य कानूनद्वारा बर्जित र दण्डनीय भएकोले यस्तो कार्य गर्ने जो कोही व्यक्तिलाई कानुनी दायरामा ल्याई कारवाही हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपालको संविधानमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्यलाई कानूनद्वारा निषेध गरेको छ । साथै मुलुकी अपराध संहिता, २०७४ को दफा ७० मा कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफवाह फैलाउन, प्रचार–प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन भनी व्यवस्था रहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img