काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका विभिन्न क्षेत्रमा सोमबार (फागुन ११) बिहानदेखि लगाएको कफ्र्यू हटाएको छ ।सोमबार बिहान ९ः४५ देखि प्रशासनले वीरगन्जका विभिन्न क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू लगाएको थियो । तर, परिस्थिति क्रमशः सुधार हुँदै गएको भन्दै कफ्र्यू हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उमा समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र आजै बसेको सर्वपक्षीय बैठकको निर्णय समेतका आधारमा कफ्र्युलाई निरन्तरता दिइरहनु नपर्ने देखिएको उल्लेख छ।
यसअघि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ९ः४५ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको थियो।