spot_img

कुनै हालतमा निर्वाचन हुँदैनः जनार्दन शर्मा

spot_img

सुर्खेत , नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । नेकपाको विवादलाई थाती राखेर निर्वाचन हुन नसक्ने उनले बताए ।मंगलबार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले यस्तो अवस्थामा मध्यावधिक निर्वाचन हुन सक्दैन ।’

‘अहिले नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ’ उनले भने, ‘पार्टीको आधिकारिकताको लागि विवाद निर्वाचन आयोगमा पुगेको छ, यदि यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसाब–किताब त जनताले गरिहाल्छन् नि ।’
उनले नेकपाभित्रको विवाद पार्टी विशेषको नभई नयाँ प्रणाली -संघियता, धर्मरिपेक्षता, समानुपातिक समावेशीता) को कार्यान्वयन गर्ने वा नगर्ने विषयको लडाइँ भएको बताए । ‘अहिलेको पार्टी विभाजन पद, प्रतिष्ठाको लागि होइन । राजनीतिक स्थायित्व र समृद्ध नेपाल निर्माणको लागि भएको शर्माले जिकीर गरे ।’

पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले अहिलेको संसद विघटन संविधान खारेजी जस्तै भएको टिप्पणी गरे । संविधानको धारा नै कुल्चिएर संसद विघटन गर्नु संविधान खारेजी गर्नु सरह नै हो’ उनले भने ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img