गोरखा ः चट्याङ लागेर गोरखा बुंकोटकी एक जना बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो चार बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका ८ बुंकोटकी १२ वर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।
सोही घटनामा १३ वर्षीया दीक्षा घर्ती मगर र भीमसेन थापा गाउँपालिका –६ का २४ वर्षीय वीरेन्द्र थापा मगर घाइते भएका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ।
उनीहरू तीनैजनालाई त्रिपुरासुन्दरी गाउँपालिका – ३ मुलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनैजनालाई अस्पताल पु¥याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।