spot_img

विश्वका १६ हजार विश्वविद्यालयमध्ये १५०१ वरीयतामा त्रिवि

spot_img

काठमाडाैँ, त्रिभुवन विश्वविद्यालय विश्वका १६ हजार तीन सय विश्वविद्यालयमध्ये १५०१औँ वरीयतामा परेको छ । विश्वभरका विश्वविद्यालयको वरीयता मापन गर्दै आइरहेको टाइम्स हाइअर एजुकेसन (टिएचई) ले त्रिविलाई सन् २०२६ मा १५०१ नम्बरमा राखेको हो । विश्वविद्यालयको शैक्षिक नतिजा, जर्नल प्रकाशन, शैक्षिक वातावरण, गुणस्तरीयता, शैक्षिक क्षेत्रको लगानीलगायतलाई हेरेर वरीयता कायम गरिएको थियो । वरीयताक्रममा राख्न त्रिविको हरेक शैक्षिक गतिविधिलाई हेरिएको थियो ।

वरीयताक्रममा प्रस्तुत गर्न त्रिविले भौतिकशास्त्र विभागका विभागीय प्रमुख डा. नारायण अधिकारीको संयोजकत्वमा कमिटी बनाएको थियो । कमिटीले वरीयताका लागि आवश्यक पर्ने सूचकहरू प्रस्तुत गरेको थियो । ‘वरीयतामा राख्न हामीले गरेका गतिविधि पेस गरेका थियौँ, तर चाहेजति सुधारचाहिँ हुन सकेन, वरीयताक्रम जति राम्रो हुँदै गयो, त्यति नै त्रिविको शैक्षिकस्तर राम्रो भएको मानिन्छ, विद्यार्थीको आकर्षण पनि बढ्छ,’ उपकुलपति प्राडा दीपक अर्यालले भने, ‘अर्को वर्षका लागि अझ सुधारका शैक्षिक गतिविधि चुस्त बनाउँछौँ, अहिले पनि विश्वमा हेर्दा त्रिविको प्रमाणपत्र बिक्दो छ, अझ वरीयताक्रम राम्रो हुने हो भने अन्य विश्वविद्यालयले हेर्ने नजर पनि राम्रो हुन्छ ।’

अर्यालका अनुसार वरीयताक्रममा पर्न वर्षमा एक हजार प्रकाशन गरेको हुनुपर्छ । त्यस्तै, शैक्षिक अनुसन्धान, शैक्षिक वातावरण, विश्वविद्यालयको आम्दानी स्रोत, शैक्षिक लगानी, विद्यार्थीले प्राप्त गरेको शिक्षा र रोजगारीलगायत पक्षलाई वरीयतामा राख्दा हेर्ने गरिन्छ । उनका अनुसार नेपालले सन् २०१९ देखि वरीयताक्रमका लागि भाग लिँदै आइरहेको छ । प्राडा अर्यालका अनुसार यो वरीयता बढ्दा विश्वका अन्य विश्वविद्यालय र देशमा त्रिविको शैक्षिक प्रमाणपत्रको मान्यता पनि बढ्छ ।

अमेरिकी संस्था युएस न्युज र विश्व रिपोर्टको विश्ववरीयतामा ९१९औँ स्थान प्राप्त गरेको छ । विश्व विश्वविद्यालय वरीयता केन्द्रको सूचीमा त्रिविले १६५७औँ स्थान हासिल गरेको छ । विश्व विश्वविद्यालय वरीयता केन्द्रका अनुसार त्रिवि विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयभित्र पर्न सफल भएको छ, जुन अघिल्लो वर्षको ८.३ प्रतिशतभन्दा सुधार भएको देखिएको छ । अझ त्रिविमा हुने तालाबन्दी र अराजकता रोक्ने हो भने त्रिविको वरीयता तथा अंक सुधार हुने उपकुलपति अर्यालको भनाइ छ ।

अर्यालका अनुसार सेन्टर फर वल्र्ड युनिभर्सिटी वरीयतामा त्रिविले १६५७औँ स्थान प्राप्त गरेको छ । सोअनुसार त्रिवि विश्वका शीर्ष राम्रा विश्वविद्यालयमा परेको छ । ‘विश्वका प्रतिष्ठित वरीयता प्रणालीहरूजस्तै टाइम्स हायर एजुकेसन (टिएचई), युएसन्युज डटकम र सेन्टर फर वल्र्ड युनिभर्सिटी ¥याङकिङ (सिडब्ल्युआर)ले फरक–फरक मापदण्ड अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक पर्नु अस्वाभाविक होइन,’ उनले भने, ‘टाइम्स हायर एजुकेसनले शिक्षण वातावरण, अनुसन्धानको गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिने गरेको छ भने युएसन्युज डटकमले अनुसन्धान प्रतिष्ठा, प्रकाशन, सम्मेलन र उद्धरण प्रभावलाई प्राथमिकता दिने गरेको पाइन्छ । सेन्टर फर वल्र्ड युनिभर्सिटी ¥याङकिङले पूर्वविद्यार्थीको सफलता, प्राध्यापकहरूको विशिष्टता र अनुसन्धानलाई आधार मानेको छ ।’ उनले त्रिविको शैक्षिक छवि र वरीयतामा उल्लेखनीय प्रगति हुँदै गएको दाबी गरे ।

चिकित्सा तथा स्वास्थ्य शिक्षामा विश्वमै ६०१ स्थानमा
वरीयतामा विशेषतः चिकित्सा तथा स्वास्थ्य विषयमा त्रिवि ६०१औँ स्थानमा कायम भएको छ, जुन भारतका आधा दर्जनबाहेक अन्य विश्वविद्यालयभन्दा उत्कृष्ट ठहरिएको छ । यस उपलब्धिले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षा सम्भव भएको प्रमाणित गरेको भौतिकशास्त्र विभागका विभागीय प्रमुख डा. नारायण अधिकारीले बताए ।

उनका अनुसार इन्जिनियरिङ (आइओई) मा करिब १००० वरपरको स्थान, शिक्षा अध्ययन, जीवन विज्ञान, भौतिक विज्ञान र सामाजिक विज्ञानहरूमा पनि त्रिवि भारतका थुप्रै विश्वविद्यालयसँग प्रतिस्पर्धी देखिएको छ । ‘त्रिविले पर्याप्त लगानी, रणनीतिक योजना र अन्तर्राष्ट्रिय सहकार्यमा थप बढावा दिँदै जाने हो भने अझ सुधार हुँदै जान्छ, आगामी वर्षहरूमा विश्वका प्रतिष्ठित विश्वविद्यालयको सूचीमा गरिमामय स्थान हासिल गर्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘मानविकी, शिक्षाशास्त्र, कानुन, सामाजिकशास्त्रजस्ता संकायहरूको शैक्षिक प्रगति कमजोर देखिएको छ, हामीले यी विषयमा सुधार गर्न जरुरी छ ।’

प्राडा दीपक अर्याल, उपकुलपति, त्रिवि
वरीयतामा राख्न हामीले गरेका गतिविधि पेस गरेका थियौँ, तर चाहेजति सुधारचाहिँ हुन सकेन, वरीयताक्रम जति राम्रो हुँदै गयो, त्यति नै त्रिविको शैक्षिकस्तर राम्रो भएको मानिन्छ, विद्यार्थीको आकर्षण पनि बढ्छ, अर्को वर्षका लागि अझ सुधारका शैक्षिक गतिविधि चुस्त बनाउँछौँ, अहिले पनि विश्वमा हेर्दा त्रिविको प्रमाणपत्र बिक्दो छ, अझ वरीयताक्रम राम्रो हुने हो भने अन्य विश्वविद्यालयले हेर्ने नजर पनि राम्रो हुन्छ ।जकाे नयाँ पत्रिका दैनिकमा खवर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img