spot_img

स्याङ्जाका आठ पालिकामा आज सार्वजनिक बिदा

spot_img

काठमाडौँ, स्याङ्जा जिल्लाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका ५ नगरपालिका र ३ गाउँपालिकामा स्थानीय सरकारले आज एक दिन सार्वजनिक बिदा दिएका हुन् । ३ पालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।

मगर जातिको बाहुल्य रहेका वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा अर्जुन चौपारी, फेदिखोला, आँधीखोला गाउँपालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।

सार्वजनिक बिदाको दिन वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img