spot_img

मतपेटिका मतगणना स्थलसम्म प्रहरीले नै ढुवानी गर्छ: गृहमन्त्री

spot_img

 विराटनगर, गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार विराटनगरमा सुरक्षा निकायहरुसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए । यसपटक मतपेटिका सेनाले ढुवानी गर्ने विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि गृहमन्त्री अर्यालले प्रष्टीकरण दिएका हुन् ।

उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री अर्यालले निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतदान अधिकृतले मतपेटिका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्रै मतगणना स्थलसम्म पु‍र्याउने व्यवस्था मिलाइएको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img