spot_img

मतदानको दिन देशभर मौसम सफा रहने

spot_img

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागले बताए अनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोकाबिच निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

विभागका महानिर्देशकसँगको छलफलपछि आयोगले मतदानको दिन (फागुन २१ गते) देशभर मौसम सफा रहने बताएको छ । विगत ३० वर्षको तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले अहिले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गर्न थालेको छ ।

हाल देशका विभिन्न भागमा, विशेषगरी सङ्खुवासभा लगायतका हिमाली जिल्लाहरूमा छिटपुट हिमपात भइरहे पनि यसले मतदान प्रक्रियालाई अवरुद्ध नगर्ने आयोगको निष्कर्ष छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) मार्फत आयोगले दिनभरको मौसम अपडेट लिइरहेको प्रवक्ता भट्टराईले बताए ।

जमेको हिउँमाथि थपिएको नयाँ हिउँले मतदान केन्द्रसम्म पुग्न मतदातालाई खासै समस्या नपार्ने प्रवक्ता भट्टराईले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img