spot_img

राष्ट्रिय महिला लिग ः चन्द्रपुरले चौदण्डीगढीलाई हरायो

spot_img

काठमाडौं, राष्ट्रिय महिला लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले लगातार ११ खेल हारेको छ। मंगलबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढीलाई २–१ ले हराएको हो। चन्द्रपुरको यो तेस्रो जित हो।चन्द्रपुरका लागि पहिलो हाफको अन्तिममा रजनी थोकरले गोल गरेर अग्रता दिलाएकी थिइन्। खेलको ६७औं मिनेटमा दिलकुमारी राना मगरको गोलमा चन्द्रपुरले अग्रता दोब्बर बनाएको थियो। त्यसको एक मिनेटपछि नै चौदण्डीगढीका लागि मनिता तामाङले गोल गरे पनि त्यसपछि खेलमा फर्कन सकेन।

प्रतियोगितामा शीर्ष स्थानमा रहेको एपिएफको १० खेलमा ३० अंक रहेको छ। दोस्रोमा रहेको त्रिभुवन आर्मी क्लबको १० खेलमा २५ अंक छ। विराटनगरको ११ खेलमा १६, वालिङको ११ खेलमा १४, नेपाल पुलिस क्लबको १० खेलमा १४, चन्द्रपुरको ११ खेलमा ९ अंक छ।प्रतियोगितामा बुधबार दुई खेल हुँदैछन्। जसमा पहिलो खेलमा पुलिस क्लबले आर्मी क्लबसँग खेल्नेछ। दोस्रो खेलमा एपिएफले विराटनगरसँग खेल्नेछ। बुधबारको खेलपछि लिगमा विजेताको टुंगो लाग्ने सम्भावना बलियो छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img