spot_img

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा तीन जना पक्राउ

spot_img

सुनसरी, प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ ।इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउपालिका–१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका–१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।

उनीहरूलाई सुनसीरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरीका एसपी केशव थेबेले बताए ।प्रहरीले बुढाथोकी र बोहोरालाई शनिबार र मिश्रलाई गत बुधबार पक्राउ गरेको जनाएको छ ।

निर्वाचनको वातावरण विथोल्ने सर्वसाधारणलाई मतदान स्थल नजान धम्काउने जस्ता शंस्कास्पद गतिविधिमा संलग्न भएको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी थेबेले बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img