spot_img

वर्षमान मुलुकको नेतृत्व लिन सक्ने क्षमता भएका नेता हुन् : दाहाल

spot_img

काठमाडाैँ,नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका नेता वर्षमान पुनमा मुलुकको नेतृत्व लिन सक्ने क्षमता आफूले देखेको उल्लेख गरेका छन् । आइतबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्षमानलाई रेकर्ड बन्ने गरी अत्यधिक बहुमतले जिताउन रोल्पाली मतदातालाई अपिल गर्दै त्यसपछि उनलाई के गर्नुपर्छ भन्ने जिम्मा आफ्नो भएको प्रचण्डको भनाइ छ । नेतृत्वको हिसाबले वर्षमानबाट धेरै अपेक्षा गरेको र आफ्नो साथ सधैँ उनलाई रहेको उनले बताए ।

‘कमरेड वर्षमान पुनलाई रेकर्ड बन्ने गरी अत्यधिक बहुमतद्वारा रोल्पाले फेरि एकचोटि नयाँ रेकर्ड बनायो भन्ने गरी तारा चुनाव चिह्नमा मतदान दिएर विजयी गरेर पठाउनुस् । वर्षमानलाई के गर्नुपर्छ मेरो जिम्मा छोडिदिए हुन्छ । यहाँअघि केही कमरेडहरूले मलाई भनिसक्नुभएको छ । वर्षमान कमरेडबाट मैले धेरै ठुलो आशा अपेक्षा गरेको छु । उहाँले यो राष्ट्रको निम्ति, यहाँको जनताको निम्ति, यहाँ समाजवादको नयाँ यात्रा आरम्भ गर्नका निम्ति धेरै जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्नेछ । नेतृत्वको हैसियतले मेरो सदैव उहाँलाई साथ छ,’ प्रचण्डले भने, ‘यहाँ अरू सिनियर लिडर हुनुहुन्छ, कृष्णबहादुर महरा, जोखबहादुर महरा, झक्कु सुवेदीलगायत थुप्रै कमरेडहरू हुनुहुन्छ । तपाईंहरू सबै साक्षी हुनुहुन्छ । मैले धेरै सपना देखेको छु । रोल्पबाट, रुकुमबाट, जाजरकोट, सल्यानबाट र हाम्रो क्रान्तिको आधार इलाका हुँदै ७७ वटै जिल्लाका तमाम हाम्रा पार्टीका नेता कार्यकर्ताहरू, हाम्रा सहिदहरू, बेपत्ता योद्धाहरू, घाइते अपांगहरू, तिनका परिवारजनहरू, सबैलाई मैले अपिल गर्दै छु कि एउटा साँच्चै समाजवादी नेपाल निर्माण गर्ने संकल्पमा साथ एकचोटि फेरि हामी मैदानमा उत्रिएका छौँ ।’

सभालाई सम्बोधन गर्दै नेता झक्कु सुवेदीले वर्षमान रोल्पाको मात्र नभई समग्र पार्टी र मुलुककै नेतृत्व लिन सक्षम रहेको बताए ।

‘हाम्रो पार्टीका उम्मेदवार कमरेड वर्षमान पुन अनन्तलाई देश कसरी चलाउने भन्ने राम्रोसँग थाहा छ । त्यति मात्र होइन, हिजो हाम्रो महान् जनयुद्धका क्रममा उहाँले एउटा कुशल जनमुक्ति सेनाको कमान्डर भएर काम गर्नुभएको छ । पार्टीको नेता भएर काम गर्नुभएको छ । हाम्रो पार्टीका संयोजक कमरेड प्रचण्डले पश्चिम पठाउँदा वर्षमान कमरेड पश्चिम जानुभएको छ । पूर्व पठाउँदा पूर्व जानुभएको छ । उपत्यकामा पठाउँदा उपत्यकामा जानुभएको छ र त्यहाँ गएर कुशलतापूर्वक कमान्डिङ गर्नुभएको छ,’ सुवेदीले भने, ‘आदरणीय जनसमुदाय वर्षमान पुन त्यति होइनन्, हाम्रो पार्टीभित्र नयाँ पिँढीको सबभन्दा क्षमतावान् नेता हुनुहुन्छ । भोलिका दिनमा हाम्रो पार्टीको अध्यक्ष भएर काम गर्ने उहाँले क्षमता राख्नुहुन्छ । त्यति मात्र होइन, भोलि यो देशको प्रधानमन्त्री भएर युवा पिँढीबाट यो देशको नेतृत्व गर्ने क्षमता राख्नुहुन्छ । हामीले त्यस्तो उम्मेदवार पाएका छौँ ।’

पूर्वअर्थमन्त्री पुन रोल्पाबाट उम्मेदवार छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img