काठमाडौं, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बिहान छिटपुटदेखि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।