spot_img

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीमा मदिरा र चामल फेला

spot_img

दाङ, सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र खाद्यान्न बरामद भएको छ। चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा कार्टुन राखिएको अवस्थामा फेला परेको सल्यान प्रहरीले जनाएको छ ।

बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा रास्वपाको झण्डा प्रयोग भएको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा सोमबार दुई बोरा चामल, २ सय १० बोतल मदिरा र दुई कार्टुन बियर, तीन कार्टुन खाने तेल फेला परेको प्रहरीले बताएको छ। प्रहरीले जीपका चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई नियन्त्रणमा लिएको छ । चालक बुढाथोकीले सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागारतर्फ लैजान भनेकोले आफूले बोकेको बताए।

प्रहरीले निर्वाचनलाई लक्षित गरी सामान बाँड्न सक्ने आशंकामा नियन्त्रणमा लिएको र प्रमाणसहित भेटिएकाले कारबाहीको लागि सिफारिस गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी डा. हेम बहादुर केसीले बताए । आचारसंहिता विपरितको कार्य भएको हुँदा कारबाहीको लागि निर्वाचन आयोगमा पठाइ सकिएको सल्यान प्रहरी प्रमुख डिएसपी केसीको भनाइ छ ।

घटनाको बारेमा रास्वपा सल्यानले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया र धारणा सार्वजनिक गरेको छैन । सल्यानमा रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललितकुमार चन्द रास्वपा उम्मेदवार बनेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img