spot_img

उपल्लो डोल्पाको साल्दाङमा नेपाली कम्युनिष्ट पार्टी र एमालेका कार्यकर्ताबीच झडप:केहि घाइते,तल्लो डोल्पामा पनि चर्कियो विवाद

spot_img

डोल्पा — डोल्पाको उत्तरी क्षेत्र उपल्लो डोल्पामा नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेका कार्यकर्ताबीच निर्वाचनको विषयमा विवाद र झडप भएको छ ।

सोमबार दिउँसो २ बजेतिर एमालेको प्रचार टोलीले स्थानीय नेतासँग चुनावबारे कुराकानी भइरहेकै बेला नेकपाका नेताकार्यकर्ताले ढुङ्गामुढा गरेपछि विवाद र झडप भएको प्रलोपाका उम्मेदवार विकास बुढाले जानकारी दिए ।

उनका अनुसार ढुङ्गामुढा प्रहारबाट भाग्ने क्रममा एमालेका केही कार्यकर्ता घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले दुवै पार्टीका कार्यकर्ताहरू प्रचारको क्रममा बाटोमा भेट हुँदा विवाद भएको बताए । उनले घटनाको विषयमा थप बुझ्न प्रहरी टोली खटाएको समेत जानकारी दिए । साल्दाङस्थित सुरक्षा निकायले भने विवादपछि केही समय तनावको अवस्था सिर्जना भएको जनाएको छ।

सुरक्षाकर्मीका अनुसार झडपपछि एमालेका नेताकार्यकर्ता सोही पालिकाको अर्को गाउँमा पुगेका छन्।

उपल्लो डोल्पाको बिवादले तल्लो डोल्पाका विभिन्न स्थानमा विवाद भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img