spot_img

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, १ जना प्रहरीको मृत्यु

spot_img

काठमाडौं, रामेछाप नगरपालिका–२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ।सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने सो गाडीमा सवार ७ जना घाइते भएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए।उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ। उनीहरूमध्ये ३ जना गाडीबाट हाम फालेका थिए।

उनका अनुसार मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको हो।

सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो।

उद्धारपश्चात् घाइतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको उनले जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img