spot_img

निर्वाचन प्रचार प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ, गृहमन्त्री अर्याल

spot_img

काठमाडाैँ, गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ ।प्रतिनिधिसभा सदस्य चुनावको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि शुरू हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उहाँले चुनावी सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । मन्त्री अर्यालले चुनावको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीचको समन्वय भइरहेकाले भयरहित वातावरणमा चुनाव हुने बताउनुभयो ।

त्यस अवसरमा गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच छलफल भएको थियो । गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी तथा मन्त्रालय र आयोगका अन्य पदाधिकारीको उपस्थितिमा छलफल भएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार आउँदो बिहीवार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसार निषेध (मौन) अवधि आज राति १२ बजेदेखि शुरू हुँदैछ ।

छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको परिपालना गराउन सूक्ष्म रूपमा अनुगमन हुने जानकारी दिनुभयो । भण्डारीले आचारसंहिताको परिपालनालाई प्राथमिकतामा राखिएको र उल्लङ्घकर्तालाई कानूनअनुसार कारबाही हुने बताउनुभयो ।

छलफलका क्रममा गृहमन्त्री अर्यालसमक्ष चुनावको सम्पूर्ण तयारीबारे जानकारी गराइएको थियो । मतदानपछिको मतपेटिका ढुवानीलगायतमा आयोगले मिलाएको प्रबन्धबारे पनि जानकारी गराइएको थियो ।

गृहमन्त्री अर्याल तथा कार्यवाहक प्रमुख भण्डारीसमेतले यसअघि सुरक्षाका दृष्टिकोणले अति संवेदनशील तथा संवेदनशील मानिएका निर्वाचन केन्द्रहरूको समेत अनुगमन गर्नुभएको थियो । समग्र शान्ति सुरक्षाको अवस्थाका विषयमा आयोगले नियमित रूपमा सम्बन्धित निकायहरूबाट जानकारी लिइरहेको छ ।

आयोगले आज राति १२ बजेदेखि शुरू हुने मौन अवधि र मतदानको दिनसम्मको आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिइसकेको छ । प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ । कुनै पनि माध्यम वा तरिकाबाट गरिने चुनाव प्रचारलाई समेत यो अवधिमा निषेध गरिएको छ । सञ्चारमाध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहितामा छ ।

द्विपक्षीय छलफलमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउत, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img