spot_img

ललितपुरमा गस्तीमा खटिएको प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा ४ जना पक्राउ

spot_img

काठमाडौं, ललितपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–२ स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने २९ वर्षीय विकास भन्ने बुद्ध तामाङ, सल्यान दार्मा गाउँपालिका–३ घर भई हाल भक्तपुर बस्ने २० वर्षीय रमेश शाही, सल्यान दार्मा गाउँपालिका–३ घर भई हाल भक्तपुर सिरुटार बस्ने २० वर्षीय शंकर शाही र रूकुम सानोभेरी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षीय राजु मगर रहेका छन्।

सोमबार राति करिब १०ः४५ बजे प्रहरी प्रभाग लुभुबाट खटिएको क्यूआरटी टोली ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा गस्ती गर्दै जाने क्रममा केही व्यक्तिले एक्कासि ढुंगामुढा प्रहार गरी आक्रमण गरेका थिए।

प्रहरीका अनुसार आक्रमणपछि आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरी स्थिति नियन्त्रणमा लिइएको थियो। त्यसपछि थप प्रहरी टोली परिचालन गरी घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको हो।

उनीहरूलाई उत्तेजना र रिसको आवेशमा कुटपिट गरेको सम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आक्रमणमा घाइते भएका एक प्रहरी कर्मचारीको किष्ट अस्पताल, इमाडोलमा उपचार भइरहेको छ।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img