spot_img

चितवनमा भोट हालेपछि हेलिकप्टर चढेर दाहाल रुकुम पूर्व आउने

spot_img

रुकुम पूर्व, नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानकै दिन जिल्ला आइपुग्ने भएका छन् ।आफ्नो स्थायी ठेगाना रहेको चितवनमा मतदान गरिसकेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुम पूर्व ओर्लिने कार्यतालिका तय भएको हो ।

चितवनमा मताधिकार प्रयोग गरेर दाहाल बिहान ११ बजेभित्रै रुकुम पूर्व पुग्नेछन् । उनको साथमा छोरी गंगा दाहालसहित ५ जनाको टोली रहने पार्टीका चुनावी प्रचारप्रसार प्रमुख गणेशमान पुनले जानकारी दिए ।

‘संयोजकज्यूले बिहानै चितवनमा भोट हाल्नुहुनेछ र लगत्तै रुकुम पूर्व प्रस्थान गर्नुहुनेछ,’ पुनले भने, ‘जिल्ला पुगेपछि उहाँले विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गर्ने र मतदातासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img