रुकुम, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असहज परिस्थीमा गरिएको निर्वाचन सफल पार्न सबैमा आग्रह गरेका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारसंग कुराकानी गर्दै प्रचडले निर्वाचनले मुलुकको स्थाथित्व गराउने विश्वास व्यक्त गरेका हुन् । उनले मतदान गरेपछि आफु धेरै खुसी भएको बताउँदै निर्वाचन सफल बनाउने जिम्मेवारी सबैको भएको बताएका छन्।
उनले भने ‘निर्वाचनमा मतदान गर्दा सफलताको सन्निकटन पुगेका छौं । म धेरै नै खुसी छु,’ ‘जनताको लागि, राष्ट्रको लागि र स्थायित्वको लागि समृद्धिको यात्रा सुरु गर्नको लागि यो निर्वाचन धेरै महत्वपूर्ण निर्वाचन हो । सामान्य मात्रै होईन असमान्य परिस्थितिमा भएको निर्वाचनबाट म निकै खुसी छु ’
उनले निर्वाचनलाई उत्सवको रुपमा लिएर उत्साहको साथ भाग लिन अपिल गरे । निर्वाचनमा जति धेरै जनताको सहभागिता जति धेरै हुन्छ नतिजा पनि स्थायीत्व पनि स्थायीत्वको लागि त्यहीकै महत्वपूर्ण हुन्छ ।
निश्पक्ष, स्वच्छ र धाधलीरहित निर्वाचनबाट आएको नतिजाबाट देश अगाडी बढ्नुपर्नेमा आफुहरु लागेको बताए। नयाँ र पुरानो दलको भाष्य बनाइएको भन्दै उनले निर्वाचन सहि र गलतका बीचको प्रतिष्पर्धा हुनुपर्ने बताए ।
साथै उनले निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरे। प्रचण्डले चितवनमा मतदान गरेसँगै त्यहाँबाट रुकुमपूर्व गएका छन् ।