spot_img

भागरथीको शव परिवारले अझै बुझेन, प्रहरी भन्छ– अनुसन्धानमा शंका नगरौँ

spot_img

काठमाडौं , बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरे पनि परिवारले भने उनको शव बुझेको छैन । शव भेटिएको १४ दिनसम्म पनि परिवारले शव नबुझेको हो ।स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्किनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले परिवारका सदस्यहरु शव बुझ्ने कुरामा सकारात्मक रहेको बताए । उनले  भने, “मैले आज बिहानमात्र परिवारसँग सम्पर्क गरेको थिएँ । उहाँहरुले अनुसन्धान राम्रोसँग होस् भन्ने चाहना राख्नुभयो । छलफल गरेर शव बुझ्छौँ भन्नुभएको छ ।”मृतक भागरथीका काका शिवराज भट्टले शव के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । बुधबार (हिजो) भागरथीकी आमाले प्रहरी अनुसन्धानमा आशंका गरेको एक भिडियो बाहिरिएको थियो ।

तर, सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले प्रहरी अनुसन्धानमा आशंका नगर्न आग्रह गरे । उनले भने, “हामीले पूर्ण व्यावसायिक रूपमा वस्तुनिष्ट र त्रुटिरहित अनुसन्धान गरेका छौँ । यसमा शंका नगरिदिनुहोस् ।” उनले शव जिम्मा लिने विषयमा छलफल भइरहेको बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img