काठमाडाैँ, बिहीबार हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मतदान भएपछि ६१ स्थनबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने भएको छ।
गृह मन्त्रालयका अनुसार दुर्गम क्षेत्रका करिब एक सय मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरी मतगणनास्थलमा लगिनेछ। मतदान अधिकृतकै नेतृत्व सुरक्षाकर्मीको सुरक्षा घेरामा यसरी मतपेटिका संकलन गरिने गृह मन्त्रालयका सहायक प्रवक्ता रमा आचार्य सुवेदीले बताइन्।
‘१५ जिल्लाका ६१ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिनेछ,’ उनले भनिन्, ‘आवश्यकता परेमा थप क्षेत्रको पनि हेलिकोप्टरमार्फत नै संकलनका लागि तयारी अवस्थामा छौँ।’