spot_img

चितवनमा निर्वाचनविरोधी गतिविधि गर्ने तिन जना पक्राउ

spot_img

चितवन,  चितवनमा निर्वाचनविरोधी गतिविधि गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।आज दिउँसो भरतपुरको नारायणी नमुना मावि अगाडि चुनाव बहिष्कारको पम्प्लेटसहित विरोध प्रदर्शन गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारीले गणेश अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र अखिल क्रान्तिकारीका जिल्ला संयोजक किरण गौतम छन् ।

यस्तै चितवन–३ अन्तर्गतको माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदानस्थलका एकजना कर्मचारी पनि पक्राउ परेका छन् । कार्यालय सहयोगी बुद्धिसागर पौडेलले मतदातालाई प्रभावित पार्ने गरी कुनै एक पार्टीको पक्षमा भोट माग्न थालेपछि नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img