मोरङ ,६ फागुन प्रहरीले प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीलाईदुर्व्यवहागरेकोअभियोगमाविराटनगरमहानरपालिका १८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिशेष कामले को.२३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ