नेकपा ,प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ। सरकारले सुरक्षाकर्मीको संख्या कटौती गरेसँगै प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली खटिएको हो ।सरकारका तर्फबाट हाल प्रचण्डको सुरक्षामा दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली मात्रै रहेका छन् ।प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’ को टोली खटिएको छ । शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए ।