spot_img

केपी ओलीभन्दा चार हजार बढी मतान्तरले अघि लागे बालेन शाह

spot_img

 काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा अग्रता बढाउँदै लगेका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत पाँच हजार २५४ पुगेको छ ।उनलाई ओलीले एक हजार २४८ मतका साथ पच्छ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन् ।

यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाउँदा जनमतका अमृतलाल महतोले १४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त सम्पाङ (राई) ले १० मत पाएका छन् ।अन्य उम्मेदवारहरूले दुई अंकको योगफल जोड्न सकेका छैनन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img