काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ।
रास्वपाका अमरेशकुमार सिंह १ हजार २३९ मतसहित पहिलो स्थानमा छन्।
प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पछि परेका छन्। उनले ७६८ मत पाएका छन्।
यस्तै, जनमत पार्टीका राकेश मिश्राले २५० र नेकपा एमालेका अमनिशकुमार यादवले १९९ मत पाएका छन्।