काठमाडौं रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ। प्रचण्ड ८ हजार ७४७ मतसहित अगाडि छन्।उनको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ ल्याएर दोस्रो स्थानमा छन्। उनीहरूबीचको मतान्तर ५ हजार ७२९ रहेको छ। अब त्यहाँ ३ हजार ३६५ मत मात्रै गन्न बाँकी छ।
हिजो भएको प्रतिनिधि सभाको चुनावमा १९ हजार १८८ मत खसेको थियो। अहिलेसम्म १५ हजार ८२३ मत गनिसकिएको छ।तेस्रो स्थानमा रहेका कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, रास्वपाको लखन कुमार थापाले ७१२ मत ल्याएका छन्।