झापा, प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र–५ को जारी मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वा उम्मेदवार बालेनबालेन्द्र शाहले मतान्तर झन फराकिलो बनाउँदै लगेका छन् । घण्टी चुनाव चिन्हमा उम्मेदवार बालेनले अहिलेसम्म ११,९४५ मत ल्याएका छन् ।
उनका मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २,६९२ मत ल्याएका छन् । बालेन र ओलीबीचको मतान्तर नौं हजार २५७ रहेको छ ।
यस्तै श्रम सँस्कृति पार्टीका समिर तामाङले १,४७७, नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ३३५, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का रञ्जित तामाङले ३५५ र राप्रपाका लक्ष्मी संग्रौलाले २६१ मत ल्याएका छन् ।