spot_img

मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरूङ विजयी

spot_img

पोखरा, मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्।बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मत गणनामा गुरूङले अन्य प्रतिस्पर्धीलाई पछाडी पार्दै विजयी भएका हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङका अनुसार कांग्रेसका गुरूङले २ हजार ४१५ मत पाएका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाएकी छिन्।

मनाङमा मंगोल नेशनल पार्टीका रामबहादुर घलेले ९ मत पाएका छन्। कुल ७ हजार मतदाता रहेको मनाङमा ३ हजार ९२३ मत खसेको थियो।मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४५ मत बदर भएको छ। हिमाली जिल्ला मनाङमा कांग्रेस उम्मेदवार गुरूङलाई नेकपा एमालेले समर्थन गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको थिएन।

मुख्य निर्वाचन अधिकृत पौडेलले मत गणना सकिए पनि घोषणा हुन बाँकी रहेको जनाएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img