spot_img

प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना, दीपशिखा भन्छन्स-हजीकरण मात्रै हो

spot_img

काठमाडौं, विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटिएका छन् ।सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डलगायत भीभीआइपीहरूको सुरक्षामा खटिने सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि युवा संघका नेता–कार्यकर्तालाई नै सुरक्षामा खटाएको संगठनका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बाह्रखरीलाई जानकारी दिए ।

“अध्यक्ष कमरेडको सुरक्षाकै लागि त खटाएका होइनौँ । सुरक्षा सहजीकरण मात्रै हो । हिजो ब्याकअप फोर्सको काम गर्थ्यो । अहिले फ्रन्टमा आएको मात्रै हो,” उनले भने ।सापकोटाले पुस ५ गते नेकपा औपचारिकरूपमै विभाजन भएसँगै राष्ट्रिय युवा संगठनका केन्द्रीय सचिव प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा १० जनाको ‘फोर्स’ प्रचण्डको ब्याकअप सुरक्षामा खटिएको उनी बताउँछन् । पाण्डे नेतृत्वको ‘दस्ता’ले ठूला सभामा सुरक्षा सहजीकरण गर्ने, मञ्चमा सुरक्षाको बन्दोवस्त मिलाउने गरेको उनको भनाइ छ ।

तर, केही दिनअघि राज्यले प्रचण्डलगायत पूर्वसरकार प्रमुखहरूको सुरक्षामा खटिने फौजको संख्यामा कटौती गरेपछि अगाडि आउनुपरेको उनको भनाइ छ ।“पहिले अगाडिपछाडि स्कर्टिङसहितको गाडी हुन्थ्यो । अहिले पछुवा मात्रै छ । सुरक्षा चुनौती त बढेकै छ । तर, पनि युवा संघका नेताहरू सुरक्षाकै लागि खटिएको होइन । अहिले पनि सहजीकरण मात्रै गरेको हो,” उनी भन्छन् ।उनले अहिले सुरक्षा खटिएकाहरू जनमुक्ति सेनाको पृष्ठभूमिबाट आएको स्वीकार गरे । पाण्डे तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजनमा थिए ।

माओवादी लडाकु व्यवस्थापन हुँदा स्वेच्छिक अवकासको बाटो रोजेका उनी त्यसयता निरन्तर संगठनमा छन् । वाईसीएल हुँदै नेकपा एकीकरण पछि राष्ट्रिय युवा संगठनको केन्द्रीय सचिव बनेका थिए ।यसअघि प्रचण्डको सुरक्षाका लागि सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा २६ र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा ४७ जनासम्म खटिएका थिए ।अहिले त्यसमा कटौती गरेर सशस्त्र प्रहरीका १६ र नेपाल प्रहरीका २ जना उनको सुरक्षाका लागि खटिएका छन् । यतिले मात्रै सुरक्षा अपुग हुने देखिएर युवा संघले सहजीकरण गरेको दीपशिखा बताउँछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img