spot_img

इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ विजयी

spot_img

इलाम, इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो बाबुको विरासत पुनः जोगाएका छन् । एमालेका युवा उम्मेदवार नेम्बाङ यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

नेम्बाङ २२ हजार ४ सय २६ मतसहित विजयी भएका हुन्। उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गरेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत प्राप्त गरेका छन्। देश भरिबाट भारी मतान्तरसहित विजयी हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले भने इलामबाट ७ हजार ८ सय १४ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १,१७२ मत पाएका छन् ।

यस निर्वाचनमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेकोमा ६७ हजार ६ सय ६४ मत खसेको थियो, जुन कुल मतदाताको ५६ प्रतिशत हो। गणना भएको मतमध्ये ३ हजार ८ सय ८३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नयाँ र पुराना शक्तिहरूको चर्को रस्साकस्सीका बीच सुहाङको यो जितले इलाममा एमालेको बलियो पकडलाई पुनः प्रमाणित गरिदिएको छ । स्वर्गीय सुवास नेम्बाङको सादगी र विकासप्रेमी छवि तथा सुहाङको युवा जोसलाई यस क्षेत्रका मतदाताले अनुमोदन गरेको विश्लेषण गरिएको छ। नेम्वाङले यस अघि त्यही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए ।

२०८१ को उपनिर्वाचनमा २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा धेरैले यसलाई ’सहानुभूति’ को मत भनेका थिए। तर, बितेका १६ महिनामा सुहाङले आफ्नो छुट्टै पहिचान बनाउने प्रयत्न गरेका छन्। संसद्मा इलामको चिया, कृषि र सडकका मुद्दा उठाउने देखि लिएर विपतको समयमा जिल्ला सम्झने जनप्रतिनिधिका रुपमा उनलाई मतदाताले नजिकबाट नियालेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img