काठमाडौं, हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।सोमबार बिहान कोशी र बागमती प्रदेशका एक दुई स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। पछिल्लो एक घन्टामा भैरहवामा ९.२ मिलिमिटर वर्षा भएको छ।पछिल्लो चौबीस घन्टामा तिलोत्तमामा २५ मिलिमिटर र भैरहवामा २२.२ मिलिमिटर वर्षा भएको छ।
पोखराको पचासेमा ६.८ मिलिमिटर, संखुवासभाको नुममा १२.८ मिलिमिटर र टासी गाउँमा ७.६ मिलिमिटर वर्षा भएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भामामा साधारणतया बादल लाग्नेछ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भामामा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधरणतया बादल लाग्नेछ। बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।सोमबार राति गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा र कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।