spot_img

समानुपातिकको मतगणना आजै सकिँदै

spot_img

काठमाडौँ, २१ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको मत गणना आजै राति सकिँदै छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजै राति मत गणना सकिने र भोलिदेखि अन्य कार्य सुरु हुनेछ। ‘समानुपातिकको मत गणना भइरहेको छ। आजै राति सकिने अनुमान छ। भोलिदेखि अन्य कार्यको थालनी हुनेछ’, उनले भने।

सार्वजनिक मत परिणामअनुसार हालसम्म १ करोड ५ लाख ४६ हजारभन्दा बढी मत गणना भएको छ। मत परिणामअनुसार सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख ५१ हजार भन्दा बढी मत प्राप्त गरेको छ।

यस्तै कांग्रेसले १७ लाख १३ हजार, एमालेले १४ लाख ३० हजार, नेकपाले ७ लाख ७९ हजार, श्रम संस्कृति र राप्रपाले ३÷३ लाख मत प्राप्त गरेका छन्।

प्रत्यक्षको मत गणना सोमबार राति सकिएको थियो। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट प्राप्त गर्दा कांग्रेसले १८, एमालेले ९, नेकपाले ७ सिट प्राप्त गरेका छन्।यस्तै, श्रम संस्कृति पार्टीलपे ३ र राप्रपाले १, स्वतन्त्रले एक सिट प्राप्त गरेका छन्। अन्य दलहरूले भने एक सिट पनि जित्न सकेनन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img