spot_img

विनोद चौधरीको सम्पत्ति तिन खर्ब २ अर्ब पुग्यो

spot_img

काठमाडौं , नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १९८२ औं धनी व्यक्ति बनेका छन् । फोब्र्सले सार्वजनिक गरेको वल्र्ड ¥याङ्किङ अनुसार चौधरी कूल २.१ अर्ब डलरसहित सो स्थानमा रहन सफल भएका हुन् ।

चौधरी सन् २०२५ मा १७६३ औं स्थानमा थिए । सो समयमा चौधरीको सम्पत्ति २ खर्ब डलर बारबरको रहेको फोब्र्सले जनाएको छ । सन् २०२६ को चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ अर्ब २ अर्ब पुगेको हो ।

एक वर्षको अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोब्र्सले जनाएको छ ।चौधरी दक्षिण एसियामा भारतीय अर्बपति बाहेक एक मात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोब्र्सको अर्बपतिको सूचीमा छैनन् । सन् २०१९ मा १३४९ औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड–१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।

फोब्र्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मक्स छन् । उनको सम्पत्ति ८३९ अर्ब डलर रहेको छ । उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् । दोस्रो नम्बरमा अमेरिकी अर्बपति ल्यारी पेज रहेका छन् । अर्बपतिहरूको सूचीमा सबैभन्दा धेरै अमेरिकी, चीन, भारत लगायतका देशका रहेको फोब्र्सले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img