spot_img

इनिशा विकको पोस्टमार्टम रिपोर्ट:बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु

spot_img

सुर्खेत, वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले इनिशाको बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको बताए ।

प्रहरी प्रमुख शाहीका अनुसार बलात्कारपछि मृत्यु भएको हो भन्ने रिर्पोट आए पनि सामूहिक बलात्कार हो वा होइन भन्ने विषयमा थप परीक्षण गर्नुपर्ने भएकाले प्रहरीले उक्त प्रक्रियासमेत अगाडि बढाएको बताए ।यता, इनिशाका परिवारले भने सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै पक्राउ परेका चारैजनालाई कारबाहीको माग गर्दै आएको छ ।इनिशा मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार तथा आफन्तले बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।

फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्कनजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img