spot_img

आर्यघाटमा गरियो एमाले अध्यक्ष केपी ओलीका बुवाको अन्तिम संस्कार

spot_img

काठमाडौँ, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उनका बुवा मोहनप्रसादको शुक्रबार बिहान निधन भएको हो।

पशुपति आर्यघाटमा पूर्वप्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्। पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना दिन तथा उनका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जलि दिन एमाले र नेकपाका नेताहरूसहित अन्य दलका महत्त्वपूर्ण नेताहरू आर्यघाट पुगेका थिए।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो। अस्पतालका अनुसार केही समययता मोहनप्रसाद अस्वस्थ थिए।उनको पार्थिव शरीर अस्पतालबाट गुण्डु लगी अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो।स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img