spot_img

उम्मेदवारी खारेजविरुद्ध किशोरी साहले दायर गरेको रिटमाथि सुनुवाइ सकियो

spot_img

काठमाडौं,उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा निर्वाचन क्षेत्र १ का उम्मेदवार किशोरी साहले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ।न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले केही बेरमा आदेश आउनेछ।

यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले साहको उम्मेदवारी खारेज गर्नुको कारण सोध्दै सातदिनभित्र लिखित जवाफ पेश गर्न निर्वाचन आयोगलाई सोधेको थियो।मतदानअघि मौन अवधि सुरू भएकै दिन फागुन १९ गते आयोगले उजुरीको आधारमा रास्वपाका उम्मेदवार साहकोको उम्मेदवारी खारेज गरेको थियो। सोही दिन साहले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको आधारमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि साहले कर्जा सूचना केन्द्रलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।

निर्वाचन आयोगले धनुषा– १ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरिसकेको छ। साहको पक्षमा अत्यधिक मत आएपनि मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेकै अवस्थामा निर्वाचन आयोगले यादवलाई निर्वाचित भएको घोषणा गरेको हो। उनलाई निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिसकेको छ।

यदि साहको पक्षमा आदेश आए उनको उम्मेदवारी यथावत मात्रै रहँदैन दुई तिहाइ बहुमत नजिक रहेको रास्वपालाई एक सिट थप हुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img