spot_img

खाना पकाउने ग्यासको अनावश्यक सञ्चितिले विद्यार्थी र मजदूरलाई समस्या प¥योः निगम

spot_img

काठमाडौँ – नेपाल आयल निगमले शुक्रबारदेखि देशभर ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन सुरु गरेको छ।देशमा ग्यास आयात खपतअनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा भरीका सिलिण्डर बजारमा पठाएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन् सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किँदै गएको बताए।

उनका अनुसार सुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव भए पनि अहिले अरु कम्पनीका ग्यास पनि नपाइने स्थिति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको हो।

निगमका अनुसार देशमा ग्यास आयात भने खपतअनुसार नै भइरहेको छ। गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो भने माघ महिनामा करिब ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ।

नेपालको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास रहेको निगमले ठाकुरले जानकारी दिए। उनका अनुसार यो महिनामा मात्रै फागुन २६ गतेसम्म करिब साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ।

तर, उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत छलफल गरेर आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको ठाकुरको भनाइ छ।

ठाकुरका अनुसार ग्यासको अभावको असर विशेषगरी हुनेखानेभन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ। उनीहरूलाई एउटा ग्यास सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि उक्त समस्या समाधानका लागि ७।१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ।

ठाकुरका अनुसार यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिण्डर अर्थात ७।१ केजी ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ। युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नआएको निगमको भनाइ रहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img