काठमाडौं, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ।सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोमबार राति कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।